भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य, नेपालमा के हुन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य, नेपालमा के हुन्छ ?



काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मुल्य घटेर आएको छ। आईओसीले प्रतिलिटर पेट्रोलमा १.९७ रुपैयाँ र डिजेलमा ६.४० रुपैयाँले घटाएर नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ।

आईओसीले हरेक १५ दिनमा नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ। यसअघि आईओसीले प्रतिलटर पेट्रोल र डिजेलमा ३–३ रुपैयाँले बढाएर मूल्यसूची पठाएको थियो। भारतबाट मूल्य घटेर आए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भने गरेको छैन।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहीबार १६:४३