काठमाडौं । सुनको मुल्य बिहीबार तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको हो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ३ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो ।
बिहीबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य १२ सय ९० रुपैयाँ कायम रहेको थियो ।
Comment