प्रभु इन्स्योरेन्सको साधारणसभा फागुन २२ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु इन्स्योरेन्सको साधारणसभा फागुन २२ गते, यस्ता छन् एजेण्डा



काठमाडौं। प्रभु इन्स्योरेन्सले २७ औँ वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले सभा यही फागुन २२ गते काठमाण्डौको तीनकुने स्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट आयोजना गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित कुल ७.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले यही फागुन १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार ११:४३