सुनको मुल्य तोलामा २ सय रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा २ सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मुल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार ११:३६