काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ। मर्जर प्रयोजनका लागि रोक्का रहेको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको हो।
नेप्सेको आजको निर्णय यी कम्पनीको आधारभूत शेयरधनीहरुबाहेकका अन्य शेयरधनीको शेयर कारोबार फुकुवा गरिदिएको छ। भोलिबाट यी कम्पनीको शेयर कारोबारमा आउनेछन्।
गत माघ १ गते प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सबीच बराबरी हैसियतमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।





Comment