नेपाली नागरिकता बनाउन रवि लामिछाने जिल्ला प्रशासन कार्यालयमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपाली नागरिकता बनाउन रवि लामिछाने जिल्ला प्रशासन कार्यालयमा



काठमाडौं । रवि लामिछानेले नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि नागरिकता विहीन बनेका लामिछाने आइतबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो।

प्रकाशित : १५ माघ २०७९, आईतवार १३:०५