काठमाडौं । रवि लामिछानेले नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि नागरिकता विहीन बनेका लामिछाने आइतबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।
लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो।
Comment