काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौं वार्षिक स्थापना दिवस सम्पन्न गरेको छ । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको संस्थाले एक कार्यक्रम गरी शनिबार सम्पन्न गरेको हो ।
२०७३/१०/०७ गतेदेखि संस्थाले कारोबार सुभारम्भ गरेको थियो । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त गरी कारोवार गरेको वित्तीय संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार २८४ रहेको छ ।
साथै, संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिए अनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी गत बर्षको भाद्र ४ गतेदेखि एकीकृत कारोबार गरेको यस संस्थाको पहुंच नेपालका सातै प्रदेशका ४७ जिल्लामा रहेको छ ।
छैठौं वार्षिक उत्सवको अवसरमा वित्तीय जनचेतना सहित प्रभातफेरी कार्यक्रम गरी संस्थाको तर्फबाट गैंडाकोट नगरपालिका, वडा कार्यालय र इलाका प्रहरी कार्यालयलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामाले फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण गरेका थिए ।
वित्तीय संस्थाले हालसम्म विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । हाल सम्म संस्थाले ९७,६९७ सदस्यहरुलाई सेवा दिई विभिन्न उद्देश्यमा ४७८१२ जना ग्राहकहरुमा बाँकी कर्जा रु. ५ अरब १६ करोड रहेको छ भने ग्राहक सदस्यहरुको बचत रकम रु.१ अरब ४७ करोड रहेको छ ।
Comment