सुनको मुल्य तोलामा चार सय रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा चार सय रुपैंयाले बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मुल्य स्थिर रहदै प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन स्थिर रहँदै चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २२ मंसिर २०७९, बिहीबार ११:३७