निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरिने



काठमाडौं । सरकारले आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ । शुक्रबार गृह मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने जानकारी दिएको हो ।

जसमा नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र म्यादी प्रहरी १ लाख ११५ हजार परिचालन हुनेछन् ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार २१:२४