काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवार बन्न चाहने नेताहरूले पदअनुसार फरक–फरक शुल्क तिर्नुपर्ने भएको छ।
निर्वाचन समितिले सभापति पदका लागि उम्मेदवारी दर्ता शुल्क ४० हजार रुपैयाँ तोकेको छ। उपसभापति र महामन्त्री पदका उम्मेदवारले ३० हजार रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क निर्धारण गरिएको छ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।
त्यसैगरी, असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गर्ने आकांक्षीहरूले उम्मेदवारी दर्ताका लागि तोकिएको शुल्कसमेत व्यवस्थापन गर्नुपर्ने भएको छ।









Comment