पर्यटन प्रवर्द्धनका लागि निजी तथा सामुदायिक विद्यालयहरूमा राष्ट्रिय दिगो-पर्यटन क्लब स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पर्यटन प्रवर्द्धनका लागि निजी तथा सामुदायिक विद्यालयहरूमा राष्ट्रिय दिगो-पर्यटन क्लब स्थापना



काठमाडौं । नेपाल पर्यटन बोर्डले विद्यालय स्तरबाट नै विद्यार्थीमा पर्यटन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विद्यालयहरूमा “राष्ट्रिय दिगो(पर्यटन क्लव स्थापना गर्ने अवधारणा अघि सारेको छ ।

नेपाल पर्यटन बोर्डर संयुक्त राष्ट्रसंघीय विकाश कार्यक्रमको सहलगानीमा सञ्चालित“जीविकोपार्जन पुनरुत्थान लागि दिगो-पर्यटन परियोजना (एसटीएलआरपी)” को आयोजना तथा टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टीआरटीआई) र ग्लोबल ट्रावल एण्ड टुरिजम पार्टनरसीप (जीटीटीपी) संगको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि विद्यालयहरूमा राष्ट्रिय दिगो-पर्यटन क्लबस्थापना गर्ने कार्यक्रमअघि सारेको छ ।

जस अन्तर्गत पहिलो चरणमा प्रदेश नम्बर एक, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न १८ वटा निजी तथा सामुदायिक विद्यालयहरुमा राष्ट्रिय दिगो-पर्यटन क्लव स्थापना गर्ने लक्ष्य लिएकोमा हाल ८ वटा विद्यालयहरुमा राष्ट्रिय दिगो(पर्यटन क्लव स्थापना गरी सकिएको छ ।

राष्ट्रिय दिगो-पर्यटन क्लव गठनले स्थानीय स्तरमा पर्यटन सम्बद्ध गतिविधिहरु बढ्दै जाने एवं धार्मिक सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वले भरिएका स्थलहरुको संरक्षण एवं सम्वर्द्धनमा टेवा पुग्ने अपेक्षा गरेको छ ।

यस अन्तर्गत पहिलो चरणको छनोटमा निजी तथा सामुदायिकविद्यालयहरुमा विद्यालय पर्यटन सचेतना कार्यक्रम गर्ने र ती विद्यालयहरुमा राष्ट्रिय दिगो-पर्यटन क्लव गठन गरीपर्यटन प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्ने लक्ष्य लिइएको जनाएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनार्थ विद्यालय पर्यटन शिक्षामा जोड दिदै विद्यालय पर्यटन सचेतना कार्यक्रम मार्फत स्थानीय पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन एवं प्रचार प्रसार गर्नको लागि यो कार्यक्रमको अवधारणा ल्याइएको जीविकोपार्जन पुनरुत्थान लागि दीगो पर्यटन परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक तथा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

‘यसबाट नेपालको पर्यटनको महत्वका बारेमा विद्यालयका शिक्षक एवं विद्यार्थीहरु जानकार हुने साथै पर्यटन क्षेत्रमा उपलब्ध विविध अवसर तथा पर्यटन उद्यमशिलताका सम्भावनाहरुबारे जानकार भई यस क्षेत्रप्रति सिकाइको उत्प्रेरणा बढ्ने र स्थानीय पर्यटकीय गन्तव्यहरुको पहिचान भई ती गन्तव्यहरुका बारेमा प्रचार प्रसार हुने हाम्रो अपेक्षा हो ।’ निर्देशक लामिछानेले भने ।

पर्यटन सचेतनाको पहिलो चरणमा मधेश प्रदेश, बाग्मती प्रदेश, र गण्डकी प्रदेशकाआठ वटा विद्यालयहरुमा“मधेश र बाग्मती र गण्डकी प्रदेशको पर्यटन र संभावना विषयक” विद्यालय स्तरीय तथा अन्तर विद्यालय वक्तृत्वकला कार्यक्रम सम्पन्न भइसकेको छ र उत्त कार्यक्रममा हरेक विद्यालयबाट उत्कृष्ट ३ विद्यार्थीहरुलाई हौसला स्वरुप पुरस्कृत गरिएको छ।

अब दोस्रो चरणमा प्रदेश नम्बर एक, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका १० वटा विद्यालयमा “राष्ट्रिय दिगो(पर्यटन क्लव” स्थापना गरी पर्यटन सचेतना जागृत गराउने कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ।

जीविको पार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका जिविको पार्जन विज्ञ धर्म दवाडीको भनाईमा यस्ता पर्यटन क्लबहरुमार्फत स्थानीय पर्यटन प्रवर्द्धन गर्न प्रोत्साहित गर्ने, विद्यालयका युवाहरूलाई देशको विविधताले भरिएको संस्कृति र भूगोलबारे शिक्षा दिने तथा उनीहरूलाई प्रोत्साहन, समर्थन र मार्गदर्शन गर्ने, पर्यटन सचेतना अभियान र प्रतियोगिताहरू सञ्चालन गर्ने, पर्यटनका अवसरहरूबारे चेतना जगाउने काम गरी समुदायमा पर्यटन सचेतना अभिवृद्धि गरी पर्यटन प्रवर्द्धन गर्ने बिभिन्न कार्यक्रमहरु सन्चालन गरिने पनि जनाएको छ ।

“यसका साथै पर्यटन क्लवहरु मार्फतबिभिन्न कार्यक्रमहरु जस्तै विद्यालयको फोहोर व्यवस्थापन, स्थानीय पर्यटन गन्तव्य अन्वेषण र मार्केटिङ,पर्यटन प्रवर्द्धनका लागि अन्तर बिद्यालय वक्तृत्वकला,हाजिर जवाफ्, कथा लेखन, कबिता वाचन आदी समावेश गरी स्थानीय पर्यटन गन्तव्यहरुलाई लोकप्रिय बनाउन र अन्ततः स्थानीय पर्यटन गतिविधिलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।“ जिविकोपार्जन विज्ञ धर्म दवाडीले बताए।

विद्यालय प्रधानाध्यापक संरक्षक रहने उक्त क्लबमा एक जना शिक्षक र अन्य विद्यार्थी सहित ११ जना सदस्यहरु रहने छन् । क्लवले विद्यालयमा वार्षिक कार्यक्रमहरुको योजना तयार गरी विभिन्न पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु पर्यटन विशेष एउटा न्यूज लेटर अथवा जर्नलतयार गर्ने,विद्यालयको फोहोर व्यवस्थापनगर्ने, स्थानीय पर्यटन गन्तव्य अन्वेषण र बजारीकरणगर्ने, पर्यटन प्रवर्द्धनका लागि अन्तर बिद्यालय वक्तृत्वकला,हाजिर जवाफ्, कथा लेखनतथा कबिता वाचन आदी गर्ने अवधारणामा उल्लेख छ ।

सम्भव भएसम्म क्लवले आयोजना गर्ने कार्यक्रममाविद्यालयको ७ देखि १० कक्षासम्मका अधिक भन्दा अधिक विद्यार्थीहरुको सहभागिता सुनिश्चित गर्दै हरेक विद्यालयले हरेक वर्ष कम्तिमा एक हप्ता पर्यटन सप्ताहको रूपमा मनाउने,विश्व पर्यटन दिवसका अवसरमा पर्यटन लक्षित एउटा विशेष कार्यक्रमः गर्नका लागि क्लबलाई उत्प्रेरित गर्नेछ।

यस्तै विद्यालय रहेको स्थानीय तहको पर्यटन प्रवर्द्धनार्थ त्यहाँ विद्यमान तथा नयाँ गन्तव्यहरुका बारेमा विद्यार्थीहरुलाई सुसूचित गराउने जस्ता कार्य गर्ने छ । टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट ९टीआरटीआई० का अध्यक्ष मदन कुमार बरालले विद्यालयस्तरबाटै विद्यार्थीमा पर्यटन सचेतना दिनसके यसले दिगो पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने भएकाले आफुहरुले पनि यस कार्यक्रममा सहकार्य गरेको बताए ।

टीआरटीआईका निर्देशक सरोजप्याकुरेलले देशमा पर्यटक भित्राउन सके देश मै रोजगारको अवसर सिर्जना हुने हुँदा यसका लागि देशमा रहेका पर्यटकी यस्थलहरुको विकास र त्यसको प्रर्वद्धन आवश्यक रहेको बताए।

परियोजना र टिआरटिआइले हरेक विद्यालय कार्यक्रमका लागि सुझाब, सल्लाह तथा अन्य विविध सहयोग प्रदान गर्ने,राष्ट्रिय दिगो(पर्यटन क्लवले आयोजना गरेका कार्यक्रमहरुको मुल्याङ्गन गर्ने, उत्कृष्ट राष्ट्रिय दिगो(पर्यटनक्लवलाई पुरस्कृत गर्ने,नयाँ तथा भईरहेका कार्यक्रमहरू प्रभावकारी बनाउने बारेमा समुचित तथा प्रशिक्षण गर्ने साथै सांस्कृतिक सम्पदा र सो वरपरको बातावरण आदि लगायतको संरक्षणका विविध अभियानहरुमा विद्यार्थीलाई जोड्ने कार्य गर्ने छ।

टीआरटीआईपर्यटन शैक्षिक तथा व्यवसायिक एलाइन्स ग्लोबल ट्रावल एण्ड टुरिजम पार्टनरसीप (जीटीटीपी) को नेपाल प्रतिनिधि संस्था हो। जीटीटीपीले हरेक बर्ष विश्वभरीका १७ भन्दाबढी राष्ट्र-ब्राजिल, क्यानडा, चीन, फ्रान्स, हङकङ, हंगेरी, भारत, आयरल्यान्ड, जमैका, केन्या, नेपाल, न्यूजिल्याण्ड, फिलिपिन्स, रुस, दक्षिण अफ्रिका, तान्जानिया र युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिकाका करिब सात लाख बिद्यार्थीहरुलाई बिभिन्न अभिमुखीकरण कार्यक्रमहरू शिक्षक प्रशिक्षण प्रदान गर्ने, कार्य अनुभव र इन्टर्नशिपका अवसरहरूप्रदान गर्ने, विभिन्न राष्ट्रियताका विद्यार्थीहरूसँग सहकार्य गर्ने अवसरहरूप्रदान गर्ने, इन(क्लास र अनलाइन प्रशिक्षणमा पहुँच प्रदान गर्ने कार्यहरु गर्दै आइरहेको छ। टिआरटिआइले जीटीटीपीसंगको सहकार्यमा हरेक वर्ष आयोजना गर्ने राष्ट्रीय सम्मेलन (नेशनल कन्फेरेन्स) माटीआरटीआईरजीटीटीपीकोसदस्य भएको “राष्ट्रिय दिगो(पर्यटन क्लव”का विद्यार्थीहरुलाई सहभागिताको अवसर प्रदान गर्दै राष्ट्रिय सम्मेलन मार्फत छनौट हुने २ जना विद्यार्थी तथा १ जना शिक्षकलाई हरेक वर्ष विश्वका विभिन्न देशहरुमा आयोजना हुने जीटीटीपी अन्तराष्ट्रीय सम्मेलन (इन्टरनेशनल कन्फेरेन्स) मा सहभागिताको लागि अवसर समेत प्रदान गर्नेछ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहीबार १७:४४