बीमा ऐन राजपत्रमा प्रकाशित, कात्तिक २२ गतेदेखि प्रचलनमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा ऐन राजपत्रमा प्रकाशित, कात्तिक २२ गतेदेखि प्रचलनमा आउने



काठमाडौं । गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको बीमा ऐन २०७९ नेपाल राजपत्रमा प्रकाशन भएको छ । यो ऐन कात्तिक २२ गतेदेखि प्रचलनमा आउने छ । ऐन कार्यान्वयनमा आएसँगै बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ ।

प्राधिकरणले आवश्यकता अनुसार नेपाल भित्र वा बाहिर जुनसुकै ठाउँमा बीमा कम्पनीले आफ्नो कार्यालय खोल्न पाउने व्यवस्था गरेको छ। बीमाको पहुँच न्यून आय भएका वर्गका जनतासम्म पुर्‍याउनेदेखि लघुबीमा व्यवसायको प्रवर्द्धन गर्ने व्यवस्था नयाँ ऐनमा समेटिएको छ।

त्यस्तै, नयाँ ऐनले बीमा प्राधिकरणको संचालक समितिमा महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ ।

त्यसैगरी स्वार्थ बाझिने गरी कुनै पनि उद्यममा बीमकको संचालक, प्रवर्द्धक, आधारभूत शेयरधनीसँग कुनै पनि किसिमको संयुक्त लगानी गर्न रोक लगाएको छ ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार १५:१६