साझा सहकारीको एकिकरण र विभाजन मन्त्रालयको निर्णय नआए सम्म हुँदैन : सहकारी विभाग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

साझा सहकारीको एकिकरण र विभाजन मन्त्रालयको निर्णय नआए सम्म हुँदैन : सहकारी विभाग

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सहकारी विभागले मन्त्रालयको निर्णय नभएसम्म कुनैपनि साझा सहकारी संस्थाको अन्य सहकारी संस्थासंग एकिकरण विभाजन लगाएतका कार्यका लागि सहमति नगर्ने निर्णय गरेको छ ।

विभागले शुक्रबार सुचना जारी गर्दै २०४९/०२/०२ गते अगाडी दर्ता भई निष्कृय रुपमा रहेका साझा सहकारी संस्थाहरुको सम्पती र दायित्व एकिन गर्ने, ऋणी सदस्यहरुको ऋण मिनाहा गर्ने तथा रोक्का रहेको धितो फुकुवा गर्नका लागि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत जेठ ४ गतेको निर्णय अनुसार सहकारी विभागका राजिष्ट्रारको नेतृत्वमा कार्यदल गठन भई सो कार्य भईरहेको विभागले जनाएको छ ।

साथै, विभागले सुचना मार्फत ७ वटै प्रदेश सहकारी रजिष्ट्रारको कार्यलय तथा ७५३ स्थानीय तहहरुलाई समेत नगर्न निर्देशन दिएको छ ।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार १५:२६ 14 October, 2022 3:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।