काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफरअन्तर्गत पाँचौँ र छैटौँ हप्ताका विजेता सार्वजनिक गरेको छ।
बिहीबार काठमाण्डौ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत पैसा पठाउने सेवाग्राही क्रमशः सान्त्वना धोधरी र जीतमान गोम्बो तमाङ पाँचौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन्।
त्यस्तै, पदमकुमारी विक र किशोर तमाङ छैटौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन्। उनीहरुले क्रमशः ओमान र मलेसियाबाट आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए। चारैजना साप्ताहिक विजेताले जनही २५ हजार प्राप्त गर्नेछन्।
त्यस्तै, सेवाग्राही अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सविन थोप्रा, सञ्जीवकुमार शाह, आशीष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौँ हप्ताका लागि दैनिक विजेता छनोट भएका हुन्। उनीहरुले क्रमशः ओमान, कुवेत, मलेशिया, युएई, जापान र इन्डियाबाट आइएमईमार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए।
त्यसैगरी, मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अली खान र खेमबहादुर लिम्बू छैटौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन्।
उनीहरुले क्रमशः कुवेत, मलेसिया, बहराइन, संयुक्त राज्य अमेरिकाबाट नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए। उनीहरु प्रत्येकले एक–एक सेट सामसुङ मोबाइल उपहारस्वरुप प्राप्त गर्नेछन्।
Comment