सुनको मुल्य तोलामा २०० रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा २०० रुपैंयाले बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।मंगलबार छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार ११:५२