काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम स्वीकृत बीमालेखको वार्षिक विवरण हालसम्म नआएको जनाएको छ ।
कम्पनीहरुले हालसम्ममा पनि तोकिए बमोजिमको विवरण नपठाएकाले समितिले ७ दिनभित्रमा सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको हो ।
समितिद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ को दफा १६ मा बीमा कम्पनीले स्वीकृत बीमालेख सम्बन्धी वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र समितिमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
Comment