सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरेल र संस्थापक सम्मान दाहाललाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरेल र संस्थापक सम्मान दाहाललाई

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले १२ औं स्थापना दिवसको अवसर पारेर सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार र संस्थापक सम्मान समेत प्रदान गरेको छ ।

समाजले यसवर्ष कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार सुदिल पोखरेललाई सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । उनलाई प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले नगद २० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरे ।
यसैगरी सिजेएनले निवर्तमान अध्यक्ष खिलानाथ दाहाललाई यस वर्ष संस्थापक सम्मान प्रदान गरेको छ । दाहाल सिजेएन स्थापना गर्दा सहसचिवको भूमिकामा थिए ।

प्रकाशित : १९ भदौ २०७९, आइतबार १६:२७ 4 September, 2022 4:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।