अब सहकारीले घरजग्गा रोक्का वा फुकुवा गर्न कोपोमिस प्रणालीमा आवद्ध हुनै पर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

अब सहकारीले घरजग्गा रोक्का वा फुकुवा गर्न कोपोमिस प्रणालीमा आवद्ध हुनै पर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै‌ । सहकारीसंघ संस्थाहरुले ऋणी सदस्यको धितोमा रहेको घरजग्गा रोक्का वा फुकुवा गर्न कोपोमिस प्रणाली दर्ता भएको प्रमाण पेश गर्नु पर्ने भएको छ ।

ऋणीहरुले धितोबन्धक राख्नु परेमा वा राखेको घरजगग्गा फुकुवा गर्न भूमिसुधार तथा मालपोत कार्यालयमा जाँदा आफ्नो अन्य आवश्यक कागजातका साथै सहकारी संस्थाको बित्तीय विवरण कोपोमिस प्रणालीमा प्रबिष्टी गरेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने गरि नयाँ निर्णय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको हो ।

भाद्र १५ गते भएको यस्तो निर्णयको परिपत्र मन्त्रालयमार्फत सम्बन्धित विभाग र सबै भूमिसुधार तथा मालपोत कार्यालयमा पठाइसकिएको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

सहकारी विभागले कोपामिस प्रणालीलाई अनिवार्य बनाउन यस अघि सहकारी संघसंस्थाहरुको कर चुक्ता लिन कोपोमिस प्रणालीमा आवद्ध हुनुपर्ने व्यवस्था लागु भइसकेको छ ।

प्रकाशित : १७ भदौ २०७९, शुक्रबार १२:३८ 2 September, 2022 12:38 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।