काठमाडाै । सहकारीसंघ संस्थाहरुले ऋणी सदस्यको धितोमा रहेको घरजग्गा रोक्का वा फुकुवा गर्न कोपोमिस प्रणाली दर्ता भएको प्रमाण पेश गर्नु पर्ने भएको छ ।
ऋणीहरुले धितोबन्धक राख्नु परेमा वा राखेको घरजगग्गा फुकुवा गर्न भूमिसुधार तथा मालपोत कार्यालयमा जाँदा आफ्नो अन्य आवश्यक कागजातका साथै सहकारी संस्थाको बित्तीय विवरण कोपोमिस प्रणालीमा प्रबिष्टी गरेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने गरि नयाँ निर्णय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको हो ।
भाद्र १५ गते भएको यस्तो निर्णयको परिपत्र मन्त्रालयमार्फत सम्बन्धित विभाग र सबै भूमिसुधार तथा मालपोत कार्यालयमा पठाइसकिएको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
सहकारी विभागले कोपामिस प्रणालीलाई अनिवार्य बनाउन यस अघि सहकारी संघसंस्थाहरुको कर चुक्ता लिन कोपोमिस प्रणालीमा आवद्ध हुनुपर्ने व्यवस्था लागु भइसकेको छ ।
Comment