नेप्से परिसुचक १२.५७ अंकले बृद्धि, तीन कम्पनीको शेयरमा सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसुचक १२.५७ अंकले बृद्धि, तीन कम्पनीको शेयरमा सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लामो समयको अन्तराल पछि आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १२.५७ अंकले बढेर एक हजार ९ सय ७८ दशमलब ९४ विन्दुमा रोकिएको हो । बुधबार नेप्से २९.८९ अंकले घटेर एक हजार ९ सय ६६ दशमलब ३७ विन्दुमा बन्द भएको थियो ।

आज कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरु मध्ये १३७ कम्पनीको शेयरमूल्य बढेको छ, ४५ कम्पनीकोे शेयरमूल्य घटेको छ भने १२ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ। यसमध्ये पनि आज तीन कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५४२.५० रुपैयाँ पुगेको छ भने रिभर फल्स पावर लिमिटेडको शेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २९० रुपैयाँ र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता १४९० रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेट रहेको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १३ करोड ८८ लाख ९७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २ असार २०७९, बिहीबार १५:४२