काठमाडौं । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कानुनी जटिलता र सरकारले सहजीरण नगर्दा मुलुकमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन् ।
उनले मुलुकमा उद्योग व्यवसायको विकास तथा विस्तार गरी स्वदेशी उत्पादनमा बढोत्तरी ल्याउन विद्यमान कानुनका नीतिगत जटिलता खुुकुलो बनाउनुपर्ने बताए ।
उनले भने ‘सरकारले उद्योगीलाई कमाउ कर तिर भन्ने वातावरण बनाउनु पर्छ,’ ‘तर जहाँ पनि कडाइ गरेर हुँदैन ।’ ‘कानुनी रुपमा हात खुट्टा बाँधेर निजी क्षेत्रलाई उद्योग व्यवसायमा लगानी गर् भनिरहेका छौं, यस तरिकाले लक्षित उपलब्धि हासिल गर्न नसकिने पनि बताए ।
Comment