काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको छ । बैकको ३० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले गत माघ ७ गते देखि फागुन १३ गतेसम्म चुक्ता पूँजीको १ कित्ता बराबर १.५ को दरले हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
Comment