बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थ राजनीति

बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले निर्माणाधीन बीपी राजमार्गको निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । 

सभापति गजुरेलको नेतृत्वमा शुक्रबार सृष्टि भट्टराई, सडक डिभिजन प्रमुख अभिमन्यु मुल्मी र इन्जिनियर शंकर खनालबीच भएको छलफलमा राजमार्गको हालसम्मको निर्माण प्रगति, निर्माणका क्रममा देखिएका समस्या तथा आगामी कार्ययोजनाका विषयमा जानकारी लिइएको थियो।

छलफलका क्रममा सभापति गजुरेलले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति, निर्माण सामग्री तथा प्राविधिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिए । उनले निर्माण कार्यको गति बढाउँदै गुणस्तरमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

हालै सडक डिभिजन प्रमुखका रूपमा सरुवा भई आएका अभिमन्यु मुल्मीलाई राजमार्ग निर्माणको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी निर्माण कार्यलाई तीव्रता दिन सभापति गजुरेलले आग्रह गरे । 

सभापति गजुरेलले बीपी राजमार्ग सिन्धुली, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रका नागरिकको आवागमन, व्यापार, पर्यटन र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सडक पूर्वाधार भएकाले यसको निर्माणमा अनावश्यक ढिलाइ हुन नदिनुपर्ने बताए । 

निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारका तर्फबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे । 

बीपी राजमार्गको निर्माण कार्य समयमै सम्पन्न हुँदा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित हुनुका साथै स्थानीय आर्थिक गतिविधि, व्यापार तथा पर्यटन प्रवद्र्धन र समग्र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित : ११ मंसिर २०८३, शुक्रबार २०:५६ 27 November, 2026 8:56 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।