काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो चुक्तापूँजी २० अर्ब रुपैयाँ पुर्याउने लक्ष्यसहित हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको हो।
कम्पनीको सञ्चालक समितिको मंसिर ११ गते बसेको बैठकले हकप्रद सेयर जारी गरी चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो।
कम्पनीका अनुसार नेपाल सरकारको हाल कायम ४४.०३९००५१०१९२६ प्रतिशत सेयर स्वामित्व नघट्ने गरी हकप्रद सेयरमा लगानी गर्ने र पूँजी वृद्धि गर्ने सहमति प्राप्त भइसकेको छ।
सोही सहमतिअनुसार नेपाल सरकारको लगानीबाहेक आवश्यक थप रकम हकप्रद सेयरमार्फत जुटाउने कम्पनीको तयारी छ।
साधारणसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक नियामकीय स्वीकृति लिएर हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
यद्यपि, कम्पनीले हकप्रद सेयरको अनुपात र निष्कासनको समयतालिका भने खुलाएको छैन।






प्रतिक्रिया