आजको मौसम: केहि स्थानमा हल्का वर्षाको सम्भावना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आजको मौसम: केहि स्थानमा हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महासंघले जानकारी दिएको छ।

प्रकाशित : २० बैशाख २०७९, मंगलवार ०८:४०