नेको इन्सुरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

नेको इन्सुरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुधवार कम्पनीको केन्द्रिय कार्यालय बीमाभवन ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते बुक क्लोज गरेको थियो ।

यस आधारमा फागुन ३० गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् । १५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७४ करोड पुगेको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार १६:३० 23 March, 2022 4:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।