काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुधवार कम्पनीको केन्द्रिय कार्यालय बीमाभवन ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते बुक क्लोज गरेको थियो ।
यस आधारमा फागुन ३० गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् । १५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७४ करोड पुगेको छ ।
Comment