काठमाडाैं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।
सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै अब भाेलि सेयर बजार पनि बन्द हुनेछ ।
Comment