कुमारी बैङ्कको एक्काइसौँ वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पुँजी १४ अर्ब ७१ करोड पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैङ्कको एक्काइसौँ वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पुँजी १४ अर्ब ७१ करोड पुग्यो



काठमाडौँ । कुमारी बैङ्कको २१ औँ वार्षिक साधारण सभा मङ्गलवार सम्पन्न भएको छ । बैङ्कका अध्यक्ष अमिर प्रताप राणाको अध्यक्षतामा नक्सालस्थित कार्यालय, काठमाडौँमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

साधारण सभाले शेयर धनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६% बोनस शेयर तथा बोनस शेयर बापत लाग्ने कर प्रयोजनको लागि समेत २.६७% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् बैङ्कको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ हुनेछ ।

आर्थिक वर्ष २०७७÷७८ को मसान्तसम्म बैङ्कले कुल निक्षेप १५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम १४३ अर्ब ७७ करोड प्रवाह गरी सञ्चालन मुनाफा ३ अर्ब १९ करोड तथा १ अर्ब ९७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैङ्कले काठमाडौँ उपत्यका भित्र र बाहिर गरी १९६ शाखा सञ्जाल, १७५ एटिएम, १४ एक्सटेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैङ्किङ इकाईमार्फत देशभरि आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार २०:१५