कुमारी बैङ्कद्वारा उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैङ्कद्वारा उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान



काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले साँखु स्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ ।अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने भएकाले फिल्ट्रेसन प्रणाली जडान गरिदिएको छ ।


कुमारी बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका ध्यान केन्द्रित क्षेत्रहरूमा शिक्षा एक महत्त्वपूर्ण स्तम्भ रहेको बैङ्कले जनाएको छ । यस लक्ष्य अनुरूप राष्ट्रको दिगो विकासको लागि जनताको जीवनमा परिवर्तन ल्याउन एक प्रेरक शक्ति शिक्षा रहेको छ । 

 
यस खानेपानी फिल्ट्रेसन प्रणाली जडान गतिविधि लगायत पूर्वाधार विकासका विविधकार्यहरुमा सहयोग पुर्यायाउँदै आएको बैङ्कले आगामी दिनहरूमा समाजको दिगो शैक्षिक विकासको प्रवर्द्धन गर्ने प्रतिबद्धता लिएको छ । 

प्रकाशित : २६ भाद्र २०७८, शनिबार ०९:४८