ज्योति विकास बैंकको “ज्योति विकास बैंक बोन्ड २०८७” ऋणपत्र निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रवास

ज्योति विकास बैंकको “ज्योति विकास बैंक बोन्ड २०८७” ऋणपत्र निष्काशन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । ज्योति विकास बैंकले २०७८ असार २० गते देखि रु. एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने रु. १.५ अर्ब रुपैयाँको “ज्योति विकास बैंक बोन्ड २०८७” ऋणपत्र निष्काशन खुल्ला गरेको छ।

बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।

९% वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो। रु. १.५ अर्बको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि रु. ६० करोड र व्यक्तिगत/विभिन्न संघसंस्थाहरुका लागि रु. ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो।उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ।

लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ATM वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रकाशित : १९ असार २०७८, शनिबार १९:२३ 3 July, 2021 7:23 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।