काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा असार २८ गतेसम्म निष्काशन गर्नेछ । पहिलो चरणम बिक्री भएमा कम्पनीले यहि असार भित्रै बाँडफाँड सम्पन्न गर्ने योजना बनाएको छ ।
सर्वसाधारण लगानीकर्ताले न्यनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो । उक्त ३० प्रतिशत मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारण समुह तर्फको ६४ करोड ५० लाख रुपैयाँ मध्ये कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्टाएर बाँकी रहेको ५८ करोड ५ लाख रुपैयाँ सर्वसाधारण लगानीकर्ताले प्राप्त गर्ने छन् । न्युनतम १० कित्ताका दरले बाँडफाँड हुँदा कम्पनीको प्राथमिक शेयर ५ लाख ८५ हजारले १० कित्ताका दरले पाउने देखिन्छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।
Comment