नेपालमा कोरोना भाईरसको हानीकारक नयाँ भेरियन्ट पुष्टि, सचेत बन्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

नेपालमा कोरोना भाईरसको हानीकारक नयाँ भेरियन्ट पुष्टि, सचेत बन्न आग्रह



काठमाडाैं । नेपालमा कोरोना भाईरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा झनै हानीकारक कोरोना भाईरसको भेरियन्ट फेला परेको बताएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न ४८ ओटा नमुनाहरु छनौट गरी जाँचका लागि दिल्ली पठाइएको मध्य ४७ ओटामा डेल्टा भेरियन्ट र त्यसमा पनि ९ ओटामा थप उत्परिवर्तन भेरियन्ट भेटिएको मन्त्रालयले जनाएकोे छ । जसलाई एवाई–१ नाम दिइएको छ ।

मन्त्रालयका अनुसार उक्त भाईरस नेपालसहित विश्वका १० ओटा देशमा भेटिएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनले देखाएको छ । उक्त सक्रमण रोक्न सबै समेत र जिम्मेवार बनी जनस्वास्थ्य मापदण्डहरुको पालना गर्ने गराउने काममा भुमिका बढाउँन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित : ७ असार २०७८, सोमबार १९:२१