अब सहकारीको सदस्य बन्न संस्थामा धाउनु नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

अब सहकारीको सदस्य बन्न संस्थामा धाउनु नपर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

झापा। बिर्तामोडमा स्थित शिखर बचत तथा ऋण सहकारी संस्थामा अब घरमै बसेर सदस्य सकिने भएको छ ।

लकडाउनमा सदस्यहरुले प्रविधिको प्रयोग बढाएसँगै १० वर्षदेखि सञ्चालनमा रहेको शिखर साकोसले समय सापेक्ष प्रविधिमैत्री व्यवस्था गरी घरबाटै सदस्य बन्न सकिने जनाएको छ ।

देश तथा विदेशमा बसेर नै शिखर साकोसको सदस्य बन्न सकिने साथै विदेशमा नै बसेर आफ्नो खातामा रहेको पैसाको जानकारी आफूले लिन सकिने भएको हो । त्यस्तै, स्वदेशमा भुक्तानी समेत दिन सकिने संस्थाले जनाएको छ ।

संस्थाले खाता खोल्ने मात्र नभएर पुराना सदस्यहरुले घरमा नै बसेर आफ्नो सम्पूर्ण जानकारी सदस्य पहिचान फारम (केवाइएम) भर्न सकिने जनाएको छ । जिल्लामा नै पहिलोपटक शिखर साकोसले यो प्रविधी सुरु गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताउनुभयो ।

संस्थाको वेवसाइट www.shikharcoop.com र मोबाइल एप्सShikhar mBank प्रयोग गरेर संस्थामा रियल टाइममा खाता खोल्न र सदस्य पहिचान फारम भर्न सकिने संस्थाले जनाएको छ ।

प्रकाशित : ३ असार २०७८, बिहिबार २०:५१ 17 June, 2021 8:51 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।