झापा। बिर्तामोडमा स्थित शिखर बचत तथा ऋण सहकारी संस्थामा अब घरमै बसेर सदस्य सकिने भएको छ ।
लकडाउनमा सदस्यहरुले प्रविधिको प्रयोग बढाएसँगै १० वर्षदेखि सञ्चालनमा रहेको शिखर साकोसले समय सापेक्ष प्रविधिमैत्री व्यवस्था गरी घरबाटै सदस्य बन्न सकिने जनाएको छ ।
देश तथा विदेशमा बसेर नै शिखर साकोसको सदस्य बन्न सकिने साथै विदेशमा नै बसेर आफ्नो खातामा रहेको पैसाको जानकारी आफूले लिन सकिने भएको हो । त्यस्तै, स्वदेशमा भुक्तानी समेत दिन सकिने संस्थाले जनाएको छ ।
संस्थाले खाता खोल्ने मात्र नभएर पुराना सदस्यहरुले घरमा नै बसेर आफ्नो सम्पूर्ण जानकारी सदस्य पहिचान फारम (केवाइएम) भर्न सकिने जनाएको छ । जिल्लामा नै पहिलोपटक शिखर साकोसले यो प्रविधी सुरु गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताउनुभयो ।
संस्थाको वेवसाइट www.shikharcoop.com र मोबाइल एप्सShikhar mBank प्रयोग गरेर संस्थामा रियल टाइममा खाता खोल्न र सदस्य पहिचान फारम भर्न सकिने संस्थाले जनाएको छ ।
Comment