पेन्सन होल्डरलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

पेन्सन होल्डरलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकाश प्राप्त कर्मचारीलाई लक्षित गरी ग्लोबल समृद्ध अवकाश मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यस खाताअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउने भएको छ ।

यो खाताले निवृत्तीभरण पाइरहेका व्यक्तिलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस खातामा ग्राहकले १ वर्षदेखि ५ वर्षसम्मको भाखा राखी आफ्नो इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्न छन् । पाकेको ब्याज लगायत थप रकमसमेत म्याद पुग्न ३ महिना अगाडिसम्म जम्मा गर्दै जान मिल्नेछ ।यसरी थप गर्दै जाने रकममा समेत शुरूमा तोकेकै मुद्दती निक्षेपको व्याज प्राप्त हुनेछ ।

ग्राहकहरुलाई कुनै कारण रकम आवश्यक परे तत्काल मोबाइल बैंकिग मार्फत निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने र सापटीबाट अपुग भए १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम रु २ लाखसम्म) सुलभ व्याजदरमा कर्जा लिन सकिने जनाएको छ ।

निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भए इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भए पनि तत्काल बाँकी रहेको साँवा र व्याज रकम भुक्तानी दिइनेछ ।

यसका साथै बैंकले यस योजनामा आवद्ध हुने ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ्ग, क्रेडिट कार्ड, डेबिट कार्ड र एकलाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुबिधाहरु उपलब्ध गराउने भएको छ ।

प्रकाशित : ३ असार २०७८, बिहिबार २०:४१ 17 June, 2021 8:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।