नेप्सेमा ११ लाख ५१ हजार कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा ११ लाख ५१ हजार कित्ता सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार सिर्जना फाइनान्स लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

सिर्जना फाइनान्स लिमिटेडको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

फाइनान्सकाे पुस ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रकाशित : ३ असार २०७८, बिहीबार १४:१०