नेप्सेमा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

नेप्सेमा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत भएको छ ।

बुधबार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको उक्त ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

दीर्घकालीन आन्तरिक ऋण उठाने प्रयोजनका लागि राष्ट्र बैंकले जेठ १३ गते उक्त विकास ऋणपत्र निष्काशन गरेको थियो ।

२०८३ “घ” नामको पाँच वर्षे विकास ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले जनाएको छ ।

अर्धवार्षिक रुपमा ऋणपत्र खरिदकर्ताले ४.७९ प्रतिशतका दरले व्याज पाउनेछन् । ऋणपत्र २०८३ जेठ १३ गते परिपक्क हुने नेप्सेले जनाएको छ ।

प्रकाशित : २ असार २०७८, बुधबार १७:०१ 16 June, 2021 5:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।