मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त सिइओमा राजेन्द्र प्रसाद न्यौपाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त सिइओमा राजेन्द्र प्रसाद न्यौपाने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

कम्पनीको जेठ २९ गतेको सञ्चालन समितिको बैठकले कम्पनीका नायव कार्यकारी प्रमुख न्यौपानेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

असार १ गतेदेखि लागू हुने गरी न्यौपानेलाई उक्त जिम्मेवारी दिईने जानकारी समेत कम्पनीले दिएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७८, आईतवार १३:२४