नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव पारित



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने प्रस्तावलाई पारित गरेको छ । कम्पनीको शुक्रबार बसेको विशेष साधारणसभाले ललितपुरलाई एक्वायर गरेपछि प्रवन्धपत्र नियमावली संशोधन गर्ने प्रस्तावलाई पनि पारित गरेको छ ।

भर्चुअल माध्यमबाट सहभागी सेयरधनीहरुले समस्याग्रस्तबाट फुकुवा भएको छोटो समयमा फाइनान्सले खराब कर्जा असुलीमा प्रगतिका साथै ललितपुर फाइनान्सलाई एक्वायर गरेको भन्दै आगामी दिनमा धेरै नाफा गरेर राम्रो लाभांश दिन सक्ने अवस्थामा पुर्याउन व्यवस्थापनको ध्यानकर्षण गराएका थिए ।

एकिकृत कारोबारपछि कम्पनीले खराब कर्जाहरु असुलीका लागि ‘स्पेशल रिकोभरी टिम’ गठन गर्ने सो अवसरमा जानकारी दिइएको थियो ।

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार १८:२४