सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा पवन कुमार खड्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा पवन कुमार खड्का



काठमाडाै । बीमा समितिले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई नियुक्त गर्न अनुमति दिएको छ ।

बीमा समितिले मंगलबार खड्कालाई सिईओ नियुक्ती गर्न सूर्या लाईफको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको बीमा समितिले जनाएको छ ।

जेष्ठ १३ गते बसेको संचालक समितिको बैठकले खड्कालाई कम्पनीको सिईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताब गरेको थियो। उक्त प्रस्ताब बीमा समितिबाट पारित भए सगै अब बस्ने संचालक समितिको बैठकले ४ बर्षको लागि खड्कालाई सिईओमा नियुक्त गर्नेछ।

खड्काको बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव रहेको छ । उनले बीमा कम्पनीको उच्च व्यवस्थापनमा मात्रै साढे ६ वर्ष काम गरिसकेका छन् ।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलवार १७:०८