यस्तो छ, प्रदेश १ को आगामी आर्थिक वर्षको बजेटमा सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

यस्तो छ, प्रदेश १ को आगामी आर्थिक वर्षको बजेटमा सहकारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

विराटनगर । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङले कृषि उपजमा न्यूनतम समर्थन मूल्य तोक्ने, सहकारीसँग सहकार्य र सहजीकरण, किसानलाई अनुदान, कृषि तथा पशुबिमा, कृषिमा आधुनिकीकरण तथा यान्त्रीकरणको व्यवस्थापन गर्ने जनाएका छन् ।

आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता, सिद्धान्त प्रदेश सभामा प्रस्तुत गर्दै आङ्बोहाङले आगामी आर्थिक वर्षको बजेट कोभिडलाई सामान्य बनाउने अर्थतन्त्र उकास्नमा केन्द्रित हुने बताए ।

कृषि क्षेत्रको आधुनिकीरण, यान्त्रिकरण, प्रांगारिक खेतीको प्रवर्द्धन तथा आधारभुत खाधवस्तु र तुलनात्मक लाभ भएका बाली र पशुपंक्षीको उत्पादनमा निजीक्षेत्र, सहकारी क्षेत्र तथा अन्तर सरकार समन्वय , सहयोग र सहकार्य वृद्धि गरिने बताए ।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलबार १६:५३ 8 June, 2021 4:53 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।