विराटनगर । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङले कृषि उपजमा न्यूनतम समर्थन मूल्य तोक्ने, सहकारीसँग सहकार्य र सहजीकरण, किसानलाई अनुदान, कृषि तथा पशुबिमा, कृषिमा आधुनिकीकरण तथा यान्त्रीकरणको व्यवस्थापन गर्ने जनाएका छन् ।
आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता, सिद्धान्त प्रदेश सभामा प्रस्तुत गर्दै आङ्बोहाङले आगामी आर्थिक वर्षको बजेट कोभिडलाई सामान्य बनाउने अर्थतन्त्र उकास्नमा केन्द्रित हुने बताए ।
कृषि क्षेत्रको आधुनिकीरण, यान्त्रिकरण, प्रांगारिक खेतीको प्रवर्द्धन तथा आधारभुत खाधवस्तु र तुलनात्मक लाभ भएका बाली र पशुपंक्षीको उत्पादनमा निजीक्षेत्र, सहकारी क्षेत्र तथा अन्तर सरकार समन्वय , सहयोग र सहकार्य वृद्धि गरिने बताए ।
Comment