अब विकास बैंकका शाखा यी स्थानमा मात्र खुल्छन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब विकास बैंकका शाखा यी स्थानमा मात्र खुल्छन्



काठमाडौं । कोभिड–१९ संक्रमण जोखिम न्यूनिकरणको लागि काठमाडौं उपत्यकामा “ख” वर्गका विकास बैंकहरु खोल्ने समय तोकिएको छ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरु सञ्चालन गर्ने समय तोकेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रवाह गर्न निर्देशन दिएको थियो । एशोसिएसनले २३ गते आइतबारदेखि जेठमसान्तसम्म उपत्यका भित्र काठमाडौंमा २ दिन र भक्तपुर तथा ललितपुरमा एक–एक दिन विकास बैंकका शाखा खोल्न समय तोकेको छ ।

एशोसिएसले जारी गरेको सूचना अनुसार, जेठ २३ गते अर्थात आइतबार गरिमा विकास बैंकको लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक, सोमबार लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर, मंगलबार लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक शाखा खुल्नेछन् ।

प्रकाशित : २३ जेष्ठ २०७८, आईतवार १९:३१