सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सकियो , आइपि‌ओ ल्याउने प्रस्ताव सर्वसहमत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सकियो , आइपि‌ओ ल्याउने प्रस्ताव सर्वसहमत



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको हो । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, सभाले संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको ।

प्रकाशित : २३ जेष्ठ २०७८, आईतवार १५:०६