नबिल र युनाइटेडले एक्वायर गर्न साधारणसभा डाके « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल र युनाइटेडले एक्वायर गर्न साधारणसभा डाके



काठमाडौं । प्राप्ति (एक्वायर) गर्ने प्रस्तावलाई पारित गर्न नबिल बैंकले र युनाइटेड फाइनान्स लिमिटेडले असार ५ गते विशेष साधारणसभा डाकेका छन् ।

नबिल र युनाइटेडको विशेष साधारणसभा आआफ्नो केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । विशेष सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ मा प्राप्ति गर्ने विषयमा यसअघि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

सभाले एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनार्थ दुवै कम्पनीले जेठ २८ गते एक दिन बुकक्लोज गर्ने भएका छन् । जेठ २७ गतेसम्म कायम सेयरधनीले विशेष साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार १२:१०