२५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने



काठमाडौँ । सरकारले विभिन्न २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने गरी सूचना जारी गरेको छ ।सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बैंक, बीमा, अस्पताल, होटल, विमानस्थ, इन्टरनेट सेवा प्रदायक संस्थालगायतका क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो ।

सरकारले यी क्षेत्रलाई अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा २ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्णय गरेको हो ।

हड्ताल गर्न निषेध गरिएका क्षेत्रहरु यस प्रकारका छन् :

१. डाँक, तार तथा टेलिफोन सेवा

२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा

३. हवाईअड्डा वा हवाईजहाजको देखभाला, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धि सेवा

५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा

६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थापनको कुनै सेवा

७. सञ्चार सेवा

८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९. खानेपानीको सञ्चालन र वितरण सेवा

१०. पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा

११. पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चाल सम्बन्धी सेवा (एम्बुलेन्स सेवाजस्ता सेवाहरु)

१३. औषधि निर्माण तथा बिक्रीवितरणसम्बन्धी सेवा

१४. फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा

१५. बैंकिङ सेवा

१६. बीमा सेवा

१७. विद्युत सेवा

१८. दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

२०. मास्कसम्बन्धी सेवा

२१. ह्यान्ड सेनिटाइजरसम्बन्धी सेवा

२२. भेटेरिनरी सेवा

२३. कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा

२४. राहदानी विभागबाट प्रदान हुने सेवा

२५. इन्टरनेट सेवा

प्रकाशित : 2 June, 2021 6:17 pm