निषेधाज्ञा केहि खुकुलो बनाइनेः बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी खोल्न पाइने, सहकारी खोल्ने बारे अन्याैल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निषेधाज्ञा केहि खुकुलो बनाइनेः बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी खोल्न पाइने, सहकारी खोल्ने बारे अन्याैल



काठमाडाैं । काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको छलफल सकिएको छ । निषेधाज्ञालाई जेठ मसान्तसम्म कायमै राखिने विषयमा छलफल भएको छ । छलफलमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुका केहि शाखा कार्यालयहरु स्वास्थ्य मापदण्ड अपनाएर खोल्न दिने विषयमा भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार जेठ २० पछि किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु पनि खोल्न दिइने भएको छ ।

सार्वजनिक निजी निर्माणलाई वैज्ञानिक विधिबाट सञ्चालन हुन दिने विषयमा पनि छलफल भएको छ । खाद्यान्न पसलहरु भने खोल्न दिइने विषयमा सबैको सहमति रहेको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई पनि खोल्न दिइने विषयमा छलफल भएको । तर सहकारी संस्थाकाे बिषयमा भने यो पटक पनि छलफल भएन । केहि छलफलको विषय बाँकी रहेकोले निर्णय भोलि गरिने बताइएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलवार १८:१७