निषेधाज्ञा खुलेको ७ दिनसम्म पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाइने, नबुझाए जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निषेधाज्ञा खुलेको ७ दिनसम्म पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाइने, नबुझाए जरिवाना



काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता रकम(साँवा तथा ब्याज) निषेधाज्ञा खुलेको एक साताभित्र नबुझाए जरिवाना लाग्ने भएको छ  ।

केन्द्रीय बैङ्कले मङ्गलवार एक सर्कुलर जारी गर्दै कोभिड–१९ सङ्क्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म बैङ्क तथा वित्तीय  संस्थाहरूले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा  अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको हो । 


निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना पनि जारी गर्न नपाइने व्यवस्था समेत कार्यान्वयनमा ल्याइएको छ ।


 बैङ्क तथा वित्तीय संस्थाले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गरी विश्वसनीयता कायम गर्न सक्ने ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था समेत भएको छ । सञ्चालक समितिले यस्तो छुटसम्बन्धी व्यवस्थाको निर्णय गरी वेबसाइटमा सार्वजनिक गरी पारदर्शी ढङ्गले लागू गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : ११ जेष्ठ २०७८, मंगलवार १६:५१